काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कात्तिक १३ गते शुक्रबार, अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक १६ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले आर्थिक वर्ष ०८२।८३ का लागि हाल कायम चुक्तापुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको कुल ३.६४४२ प्रतिशत लाभांश घोषणा गरेको छ। जसअनुसार कम्पनीले उक्त प्रतिशतबराबरको ७० करोड ४ लाख ६० हजार ५२६.३२ रुपैयाँबराबरको नगद लाभांश रहेको छ। यसमा करबापत ०.१८४२ प्रतिशतले हुन आउने ३५ लाख २३ हजार २६.३२ रुपैयाँ रहेको छ।
प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो मंसिर ३ गते आठौँ वार्षिक साधारणसभा डाकेको छ। सभाले रुपन्देहीको बुटवलस्थित दियालो फुडल्यान्ड कालिकानगरमा बिहान ९ बजेबाट सुरु हुनेछ। सभाले लाभांश अनुमोदन नगरेपछि शेयरधनीहरुले पाउनेछन्।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।












