काठमाडौं । आज कात्तिक १० गते दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आज मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली अर्थात कात्तिक ११ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
मञ्जुश्री फाइनान्सले कात्तिक २० गते, शुक्रबार, थापागाउँ ब्याङ्केट, थापागाउँ, नयाँ बानेश्वरमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यता बरुण हाइड्रोपावरले कात्तिक २० गते, शुक्रबार, स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।












