IME Life New

भेटायो एपको दशैं–तिहार अफर, घरायसी सेवामा २५ प्रतिशतसम्म छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दशैं तथा तिहारलाई लक्षित गर्दै भेटायो एपले विभिन्न घरायसी सेवामा २५ प्रतिशतसम्म छुट दिने विशेष चाडपर्व अफर सार्वजनिक गरेको छ। चाडपर्वमा घरको सरसफाइ तथा अन्य तयारीलाई सहज बनाउने उद्देश्यले कम्पनीले विभिन्न सेवामा छुट तथा विशेष प्याकेज ल्याएको हो। कम्पनीका अनुसार अफरअन्तर्गत सोफा सफाइ प्रति सिटर ४०० रुपैयाँमा उपलब्ध हुनेछ। त्यस्तै, लुगा धुने सेवा र बीएचके (बेडरुम, हल र किचन) सफाइमा १० प्रतिशत छुट दिइनेछ।

प्लम्बिङ तथा इलेक्ट्रिकल सेवामा निःशुल्क निरीक्षणको सुविधा पनि उपलब्ध गराइएको छ। यसका साथै घर तथा अपार्टमेन्ट सफाइ, कार्पेट, मार्बल र गलैँचा सफाइमा विशेष छुटको व्यवस्था गरिएको छ। लामखुट्टे नियन्त्रणका लागि फगिङ, मुसा नियन्त्रण र साङ्लो नियन्त्रण सेवा समेटिएको रेसिडेन्सियल पेस्ट कन्ट्रोल प्याकेज ३ हजार ५०० रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

Esewa
Crest

तिहारलाई झिलिमिली बनाउन भेटायोले विभिन्न क्षमताका न्यानो रङका तथा बहुरङ्गी बत्ती भाडामा दिने प्याकेजसमेत ल्याएको छ। २०, ४०, ६० र ८० स्ट्रिपका बत्ती समावेश गरिएका यी प्याकेजको मूल्य ६ हजार ९०० रुपैयाँदेखि सुरु हुन्छ। प्याकेजमा बत्तीको डेलिभरी, जडान तथा हटाउने सेवा र व्यावसायिक इलेक्ट्रिसियनको सुविधा समावेश गरिएको छ।

भेटायो एपमार्फत ग्राहकले सरसफाइ, प्लम्बिङ, इलेक्ट्रिकल, पेन्टिङ, पानी ट्याङ्की सफाइ, एसी सर्भिसिङ तथा लुगा धुनेलगायतका घरायसी सेवा एउटै डिजिटल प्लेटफर्मबाट बुक गर्न सक्नेछन्।

दक्ष सेवा प्रदायकमार्फत सेवा उपलब्ध गराउँदै आएको कम्पनीले चाडपर्वको तयारीमा लाग्ने समय र मेहनत बचत गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ। कम्पनीका अनुसार ग्राहकले भेटायो एप डाउनलोड गरी आवश्यक सेवा बुक गर्न र उपलब्ध प्रोमो कोड प्रयोग गरेर छुटको लाभ लिन सक्नेछन्। अफरमा कम्पनीका सर्तहरू लागू हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS