काठमाडौं । आज नेप्से परिसूचक ४ दशमलव ३४ अंकले घटेर २,६२९ को विन्दुमा कायम भएको छ । आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै बेनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले ५ दशमलव ८१ प्रतिशतका दरले कमाएका छन् । सोनापुरका लगानकिर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।













