IME Life New

बीमकको बदमाशी रोक्न बंगलादेशी नियामकको कदमले निम्त्याएको बहस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशमा जीवन बीमकले दाबी भुक्तानी गर्नु अघि नयाँ बीमा गर्न बीमित पक्षलाइ अनुचित दबाब दिएपछि त्यहाँको नियामकले कडा निर्देशन जारी गर्दै कारवाहीको चेतावनी दिएको छ।

बीमितलाइ दाबी भुक्तानी गर्नुपर्ने अवधिबारे प्रष्ट्याउँदै नियामक बीमा विकास तथा नियामक प्राधिकरण(आइडीआरए)ले तोकिएको अवधिभन्दा ढिलो दाबी भुक्तानी गरेको अवस्थामा बीमित वा दाबी लिने पक्षको नाममा कुनै पनि बीमालेख जारी नगर्न निर्देशन दिएको हो । ऐन  आ

Esewa
Crest

बीमा ऐनमा ९० दिनभित्र दाबी फर्छ्याैट गरिसक्नुपर्ने प्रावधान छ। नयाँ परिपत्रले थप ३० दिनको मोहलत दिएर बीमकलाई १२० दिनभित्र भुक्तानी फर्छ्याैट गरिसक्न निर्देशन दिएको छ। १२० दिनभित्र दाबी भुक्तानी गरिसक्ने बीमकले दाबी भुक्तानी दिएको थप ३० दिनपछि मात्र सोही बीमित वा दाबीकर्ताको नाममा नयाँ बीमालेख जारी गर्न पाउनेछन् । १२० दिनपछि दाबी भुक्तानी गरेको अवस्थामा कम्तीमा थप ६ महिना अर्थात् १८० दिनसम्म नयाँ बीमालेख जारी गर्न पाउनेछैनन् ।

यसबाहेक आइडीआरएको परिपत्रमा भनिएको छ, दाबी भुक्तानीको रकम एकमुष्ठ भुक्तानी दिनुपर्नेछ। सरकारी दस्तुर वा बक्याैता बाहेकको कुनै पनि रकम दाबी भुक्तानीबाट कट्टा गर्न पाइनेछैन।

यो निर्देशनको अर्थ बीमा कम्पनीले जुनसुकै समयमा पनि ग्राहकको दाबी भुक्तानी गर्न सक्ने र यस्तो अवस्थामा तोकिएको म्यादभित्र बीमा दाबी भुक्तानी गर्नुपर्ने बाध्यता नपर्ने व्यवस्था गरिएको छ। अर्कोतर्फ ग्राहकले स्वेच्छाले नयाँ बीमा गर्न चाहेमा पनि सर्कुलरमा १८० दिनको प्रतिबन्धका कारण सोही बीमकबाट कुनै पनि नयाँ बीमालेख खरिद गर्न नपाउने भएकाले यसले ग्राहक जोखिममा पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS