IME Life New

सामसुङले नेपालमा ल्यायो ग्यालेक्सी ए०८ एलटीई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामसुङ नेपालले ग्यालेक्सी ए सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी ए०८ एलटीई नेपाली बजारमा सार्वजनिक गरेको छ। एआई सुविधा, ६ हजार एमएएच ब्याट्री र लामो सफ्टवेयर सपोर्टसहितको फोनको मूल्य ३४ हजार ४९९ रुपैयाँदेखि सुरु हुन्छ।

ग्यालेक्सी ए०८ एलटीईमा ६.७ इन्चको डिस्प्ले र ८ मिलिमिटर पातलो बडी दिइएको छ। फोन डार्क ब्लु, सिल्भर र ग्रिन रंगमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार फोनमा ‘असम इन्टेलिजेन्स’ अन्तर्गतका एआई सुविधासमेत उपलब्ध छन्।

Esewa
Crest

फोनमा ६ हजार एमएएच ब्याट्री र आईपी६४ रेटिङ रहेको छ। धुलो तथा पानीका छिटाबाट सुरक्षा प्रदान गर्ने फोनमा ६ पुस्तासम्म अपरेटिङ सिस्टम अपग्रेड र ६ वर्षसम्म सुरक्षा अपडेट उपलब्ध गराउने सामसुङले जनाएको छ।

नेपाली बजारमा ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज मोडलको मूल्य ३४ हजार ४९९ रुपैयाँ, ४ जीबी र्याम तथा १२८ जीबी मोडलको ४० हजार ९९९ रुपैयाँ र ६ जीबी र्याम तथा १२८ जीबी मोडलको ४७ हजार ४९९ रुपैयाँ तोकिएको छ।

सामसुङले १२ महिनाको किस्ताबन्दी सुविधा पनि ल्याएको छ। जसअन्तर्गत आधारभूत मोडलका लागि मासिक १ हजार ७२५ रुपैयाँदेखि किस्ता तिर्न सकिनेछ। कम्पनीका अनुसार किस्ताबन्दीमा फोन खरिद गर्न नागरिकताको प्रमाणपत्र मात्र आवश्यक पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS