काठमाडौं । नेपाल फाइनान्सको सवा २ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।
कम्पनीको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो। कम्पनीले २ लाख ३१ हजार ४०३ कित्ता शेयर बिक्रीमा राखेको छ।
हाललाई यो शेयरमा कम्पनीका संस्थापक शेयरधनीहरुले मात्र खरिद आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुले शेयर खरिदका लागि आवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खेला गरिने कम्पनीले जनाएको छ।












