काठमाडौं । रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले सन् २०२६ को भौतिकशास्त्रमा नोबेल पुरस्कारका लागि फ्रान्सिस हल्जेनको छनोटको घोषणा गरेको छ।
आइसक्युब न्युट्रिनो वेधशालामा निर्णायक योगदान र खगोलीय स्रोतहरुबाट उच्च ऊर्जा न्युट्रिनोको खोजका लागि हल्जेनलाई यो सम्मान प्रदान गरिएको हो।
नोबेल समितिका अध्यक्ष मार्क पियर्सले हल्जेनको प्रशंसा गर्दै भने, ‘उनले वैज्ञानिकहरुलाई उल्लेखनीय उपकरण प्रदान गर्ने अनुसन्धानकर्ता र इन्जिनियरहरुको अन्तर्राष्ट्रिय टोलीको नेतृत्व गरेका छन्।’
पियर्सका अनुसार हल्जेनको दृढता र वैज्ञानिक दृष्टिकोणले खगोल विज्ञानमा नयाँ युगको जग बसालेको छ। –एजेन्सी












