IME Life New

अब इरानमा नयाँ संकट, डलरको तुलनामा निकै कमजोर बन्दै स्थानीय मुद्रा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लामो समयदेखि अमेरिकासँग युद्धमा रहेको इरानले अब स्थानीय मुद्रा कमजोर बन्दै गएको ठूलो संकटको सामना गरिरहेको छ।

इरानी–नियन्त्रित होर्मुज जलमार्गमा जारी अमेरिकी नौसेना नाकाबन्दीले अवस्थालाई झनै बिगारेको छ। शनिबार इरानी मुद्रा रियालमा आएको गिरावटपछि इरानको केन्द्रीय बैंकले डलर बेच्ने र अर्थतन्त्रलाई सहयोग गर्न २ अर्ब डलरको लगानी घोषणा गर्ने कठोर कदम चाल्न बाध्य भएको छ।

Esewa
Crest

रोयटर्सको रिपोर्टअनुसार इरानी रियालले शनिबार पनि तीव्र गिरावट जारी राख्यो। यसैबीच इरानको केन्द्रीय बैंकले अमेरिकी प्रतिबन्ध र नौसेना नाकाबन्दीको सामना गरिरहेको अर्थतन्त्रलाई सहयोग गर्न २ अर्ब डलरसम्मको लगानी घोषणा गर्यो।

फ्री मार्टेक वेबसाइट बोन–बास्ट डलकमका अनुसार अमेरिकी डलर शुक्रबार २६ लाख ३२ रियालको तुलनामा लगभग २६ लाख ८८ रियालमा कारोबार भइरहेको छ। यसैबीच अलएन्चन्द डटकमले डलरको मूल्य २६ लाख ९५ रियाल रहेको रिपोर्ट गरेको छ।

इरानी सरकारी टेलिभिजनले रिपोर्ट गरेको छ कि केन्द्रीय बैंकले रियाललाई समर्थन गर्न २ अर्ब डलरसम्म बेच्न थालेको छ। जसले गत वर्षमा आधाभन्दा बढी मूल्य गुमाएको छ। महँगी ७० प्रतिशतभन्दा बढी भएपछि आधारभूत आवश्यकता वा भाडा तिर्न असमर्थ सामान्य इरानी नागरिकका लागि जीवन कठिन हुँदै गइरहेको छ।

इरानका जनताले सामना गरिरहेको यो संकटको सबैभन्दा ठूलो कारण होर्मुजवरिपरि अमेरिकी नौसेना नाकाबन्दी हो। जसले देशको वित्तीय जीवन रेखा तेल निर्यातलाई अवरुद्ध गरेको छ। आफ्नो बचत जोगाउन, मानिस अब डलर, अन्य बलिया मुद्रा वा सुन किनिरहेका छन्।

रिपोर्टहरुका इरानको केन्द्रीय बैंकका गभर्नरका विदेशी मुद्रा सहायक मेहदी दाराबीले इरानी अर्थतन्त्रको पतनका बारेमा अमेरिकी अधिकारीहरुले गरेको गलत भविष्यवाणीलाई आंशिक रुपमा रियालको गिरावटको दोष दिए। दराबीले भने, ‘शत्रुले हाम्रो मुद्राको विनिमय दरलाई प्रभाव पार्न इरानी अर्थतन्त्र पतन हुन लागेको हल्ला प्रयोग गरिरहेको छ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS