काठमाडौँ: बिमाविद डा. रबिन्द्र घिमिरेले ‘Insurance Theory & Practice’ (with reference to Nepalese Insurance Industry) नामक पुस्तक प्रकाशन गरेका छन्, नेपालमा बीमा क्षेत्रको बिकाश बिना आर्थिक बिकाश सम्भब छैन भन्ने मान्यता राख्ने, घिमिरेको सो पुस्तक पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयहरुको बिबिए कार्यक्रमको पाठ्यक्रमलाई समाबेश गरि लेखिएको छ ।
नेपालमा बीमा क्षेत्रमा हुने घटना-परिघटना तथा नेपाली बीमा परिवेशलाई समेटेर तयार पारिएको यो पुस्तक बिमाको बारे शिक्षालिन खोज्ने जो कोहिलाई पनि उपयुक्त हुने बिश्वाश डा. घिमिरेको रहेको छ ।
पोखरा विश्वबिद्यालयको एसोसियट प्रोफेसरका रुपमा कार्यरत घिमिरेले बीमा र जोखिम ब्यबस्थापन बिषयमा विद्यावारिधि गरेका छन्।
बुद्ध पब्लिकेशनबाट प्रकशित सो पुस्तक मुलुक भरिका मुख्य-मुख्य पुस्तक पसलमा उपलब्ध रहेको छ।