IME Life New

विगत ५ वर्षमा हिमालयन डिस्टिलरीले कति दियो लाभांश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन डिस्टिलरीले आफ्ना शेयरधनीलाई पछिल्लो ५ वर्षको अवधिमा कुल २४० प्रतिशत लाभांश वितरण गरेको छ। जसबाट कम्पनीको वार्षिक औसत लाभांश दर नै ४८ प्रतिशत कायम भएको छ।

कम्पनीले विगत ५ आर्थिक वर्षमा कुल १८० प्रतिशत बोनस शेयर र ६० प्रतिशत नगद लाभांश गरी जम्मा २४० प्रतिशत प्रतिफल दिएको हो। जसको वार्षिक औसत ३६ प्रतिशत बोनस र १२ प्रतिशत नगद हुन आउँछ।

Esewa
Crest

यस अवधिमा कम्पनीले आर्थिक वर्ष २०७७।७८ मा सबैभन्दा धेरै कुल १०० प्रतिशत (७५% बोनस र २५% नगद) तथा २०७८।७९ मा ७० प्रतिशत (६०% बोनस र १०% नगद) लाभांश दिएको थियो। त्यस्तै, आर्थिक वर्ष २०७९।८० मा २५ प्रतिशत र २०८०।८१ मा २० प्रतिशत लाभांश बाँडेको कम्पनीले पछिल्लो आर्थिक वर्ष २०८१।८२ का लागि भने लाभांश दर बढाउँदै २५ प्रतिशत (२०% बोनस र ५% नगद) वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS