IME Life New

बीमा प्राधिकरणले नीतिगत व्यवस्था नगर्दा नारायणी नदीमा डुब्यो रू १५ करोडको लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  चितवनको नारायणी नदीमाथिको पुल (नारायणी पुल) को एउटा पिल्लरमा दुइतल्ले संरचना भएको पानी जहाज ठोक्किंदा जहाज क्षतिग्रस्त बनेको छ। पानीको बहाव र जहाजको भारले तीन समयमिटर दक्षिणतर्फ पुलको पिलर सम्म ६० टन गह्रुँगो पुल बगाएको थियो ।

असोज ११ गते भएको यो दुर्घटनाबारे अनुसन्धान जारी छ। सुरक्षाकर्मीले पुलको पश्चिमतर्फ अर्थात् गैंडाकोटतर्फको पिलरमा ठोक्किएर अड्किएको जहाजलाई क्षतिग्रस्त अवस्थामा पिलरबाट नदी किनारमा ल्याइएको छ ।

Esewa
Crest

यो दुर्घटनाबाट झण्डै १५ करोड रूपैयाँ बराबरको नोक्सानी भएको राइनो वाटर इन्टरटेनमेण्ट प्रालिका अध्यक्ष दिपक ढुंगेलले बताए । क्रुज (जहाज)को बीमा सम्बन्धमा पटक पटक नेपाल बीमा प्राधिकरण समक्ष पहल गर्दा पनि प्राधिकरणबाट नीतिगत सहजीकरण नभएको उनको गुनासो छ।

ढुंगेलले बैंक कर्जा सुरक्षणका लागि कर्जा बराबरको बीमा गरेको भएपनि पानी जहाजको जोखिम व्यहोर्ने व्यवस्था नभएको भन्दै बीमा कम्पनीले दाबी अस्वीकृत गरिरहेको गुनासो गरे। हामीले जहाजको समेत बीमा गर्न भनेका थियाैं, उनले इन्स्योरेन्स खबरसँग भने, तर बीमा कम्पनीले समग्रमा होटलगायतका सम्पत्तीको मात्र बीमा गरिदिएको रहेछ ।

ऋण स्वीकृतिका बेला बीमा गर्ने हतारो थियो, अरू कम्पनीमा पनि चासो राखेका थियाैं,ढुंगेलले जहाजको बीमा किन नगरिएको बारे इन्स्योरेन्स खबरको थप जिज्ञासामा भने ,तर ढिलो हुने भएपछि अन्त्यमा नेशनल इन्स्योरेन्समा बीमा गर्‍याैं ।

नेपालमा जल पर्यटनमा संभाव्यता देखेर लगानी गर्ने व्यवसायीको जोखिम बहन गर्ने बीमा सम्बन्धी नीतिगत व्यवस्था गरिदिनुपर्ने व्यवसायी ढुंगेलको माग छ। जल पर्यटनसँग सम्बन्धित लगानीको बीमा मेरो लागी मात्र होइन, उनले भने, अन्य व्यवसायीका लागि पनि आवश्यक छ। व्यक्तिगतरूपमा जोखिम मात्र मोलेर लामो समय व्यवसायलाई निरन्तरता दिन संभव नभएकाले यसबारे राज्यका तर्फबाट तत्काल सम्बोधन हुनुपर्छ।

नेपालमा मालवाहक पानी जहाजको बीमाको व्यवस्था भएपनि मनोरञ्जनात्मक र पर्यटकीय उद्देश्यका लागि निर्माण र सञ्चालन गरिएका जहाजको जोखिम बहनका सम्बन्धमा बीमाको व्यवस्था नभएको व्यवसायीको गुनासो छ।

व्यवसायी ढुंगेलले सामाजिक सञ्जाल फेसबुकमा भावनात्मक सन्देश जारी गर्दै लेखेका छन्, ‘आज Rhino Cruise लाई यो अवस्थामा देख्दा मन थाम्न गाह्रो भएको छ। यो मेरो लागि एउटा Cruise मात्र थिएन—वर्षौँको सपना, मेहनत, लगानी र नेपालमा केही नयाँ गर्न सकिन्छ भन्ने एउटा साहस थियो। नारायणीको असाधारण बाढीले हाम्रो संरचना बगायो, हाम्रो सपना घाइते बनायो; तर मेरो विश्वास र हिम्मत बगाउन सकेन। आज घटना नबुझी, परिस्थिति नबुझी, केही शब्द र केही तस्वीरका आधारमा दोष र गाली गर्नेहरूलाई पनि म कुनै जवाफ दिन चाहन्नँ—समय र तथ्यले आफैँ जवाफ दिनेछन्। यदि हामीबाट कुनै कमी भएको रहेछ भने त्यसको जिम्मेवारी लिन र हृदयदेखि क्षमा माग्न म तयार छु; तर प्राकृतिक विपत्तिलाई केवल आरोप र गालीको विषय बनाउनु भन्दा यसबाट सिकेर नेपालमा सुरक्षित र व्यवस्थित जल पर्यटन कसरी विकास गर्ने भन्ने बहस सुरु होस् भन्ने मेरो चाहना हो।’ 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS