IME Life New

नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम ४ अर्ब ८८ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ० दशमलव २६ अंकले बढेर २,५९९ को विन्दुमा कायम भएको छ । आज १३७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५३ कम्पनकिो १ करोड २० लाख ५१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिद्धार्थ बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको ३० करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको २२ करोडको शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको २१ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै कर्पोरेट डभेलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस बैंकका लगानीकर्ताले ९ दशमलव ३५ प्रतिशतका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ७ दशमलव ७१ प्रतिशतका दरले कमाएका हुन् । माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले ७ दशमलव ५८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ६६ प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS