काठमाडौं । नेपाली परिवारको वंशावली, पारिवारिक सम्बन्ध, संस्कृति, पात्रो, ज्योतिष तथा दैनिक जीवनमा उपयोगी डिजिटल सेवालाई एउटै प्लेटफर्ममा समेट्ने उद्देश्यसहित ‘मेरो पुस्ता’ सञ्चालनमा आएको छ।
‘कनेन्टिङ जेनेरेसन्स डिजिटल्ली’ भन्ने अवधारणामा विकास गरिएको मेरो पुस्ताले विभिन्न पुस्ताबीचको पारिवारिक सम्बन्धलाई डिजिटल रुपमा सुरक्षित राख्दै नेपाली संस्कृति र आधुनिक प्रविधिलाई एकै ठाउँमा जोड्ने प्रयास गरेको छ। प्लेटफर्मको मुख्य आकर्षण फेमली ट्री हो। यसमार्फत प्रयोगकर्ताले आफ्ना बाबु–आमा, हजुरबा–हजुरआमा, सन्तान तथा अन्य नातेदारलाई जोडेर बहुपुस्तीय डिजिटल पारिवारिक वृक्ष तयार गर्न सक्छन्। परिवारसँग सम्बन्धित तस्बिर, सम्झना, पारिवारिक घटना तथा अन्य विवरणलाई पनि डिजिटल रुपमा सुरक्षित राख्न सकिने व्यवस्था गरिएको छ।
मेरो पुस्तामा नेपाली पात्रो तथा पञ्चांग पनि समावेश गरिएको छ। यसमा विक्रम संवत् तथा ईस्वी संवत्, तिथि, नक्षत्र, योग, करण, चाडपर्व तथा पारिवारिक महत्वका मितिसम्बन्धी जानकारी उपलब्ध गराउने व्यवस्था छ।
प्लेटफर्मको अर्को विशेषता ‘शुभ लगन’ नामक वैवाहिक सेवा हो। यसमा उमेरको योग्यता, प्रयोगकर्ताको रुचि तथा प्राथमिकता र परम्परागत कुण्डली तथा ज्योतिषीय अनुकूलताका संकेतहरुका आधारमा सम्भावित रुपमा मिल्दोजुल्दो प्रोफाइल सुझाव दिने प्रणाली विकास गरिएको छ। व्यक्तिगत सम्पर्क विवरणको गोपनीयतालाई ध्यानमा राख्दै कन्ट्रोल्ड कन्ट्याक्ट शेयरिङको व्यवस्था गरिएको जनाइएको छ।
यसैगरी प्लेटफर्ममा राशिफल, ग्रह गोचर तथा परम्परागत ज्योतिषसम्बन्धी गणना, पूजा विधि, स्तोत्र तथा विभिन्न सांस्कृतिक सामग्री पनि समावेश गरिएको छ। लाइभ नेपाल सुविधामार्फत मौसम, विदेशी विनिमय दर, भूकम्पसम्बन्धी जानकारी, रेडियो तथा नक्साजस्ता सेवा एउटै स्थानबाट हेर्न सकिने व्यवस्था गरिएको छ।
दैनिक प्रयोगका लागि विंस एवं ईश्व संवत् मिमि कन्भटर, क्याल्कुलेटर, नेपाल युनिकोडलगायतका युटिली टुल्ससमेत राखिएका छन्। साथै लुडो, स्नेक एन्ड ल्याडर तथा विभिन्न पज्जलजस्ता मनोरञ्जनात्मक सुविधासमेत प्लेटफर्ममा उपलब्ध छन्।
मेरो पुस्ताका संस्थापक मुकुन्द कँडेलका अनुसार प्लेटफर्मको उद्देश्य केवल एउटा फेमली ट्री एप्लिकेसन बनाउनु मात्र नभई परिवार, संस्कृति र उपयोगी डिजिटल सेवाहरूलाई एउटै नेपाली मष्नष्तब िइकोसिस्टममा जोड्नु हो।
परिवारका सदस्यहरु विभिन्न देश तथा स्थानमा बसिरहेका अवस्थामा पनि आफ्नो पारिवारिक इतिहास, सम्बन्ध र महत्वपूर्ण सम्झनालाई नयाँ पुस्तासम्म डिजिटल रुपमा पु¥याउन सकियोस् भन्ने उद्देश्यले प्लेटफर्मलाई विस्तार गर्दै लगिएको उनले बताए। प्राविधिक रुपमा मेरो पुस्ताको फ्रन्टइन्ड आधुनिक वेब टेक्नोलोजीमा आधारित छ भने स्ट्रक्चर्ड डाटा व्यवस्थापनका लागि एयकतनचभक्त्ती आधारित प्रणाली प्रयोग गरिएको छ।
अटेन्टिकेसन, नोटिफिकेसन तथा क्लाउड बेस्ट फाइल स्टोरेजजस्ता सेवा पनि प्लेटफर्ममा समावेश गरिएको छ। प्रयोगकर्ताको निजी विवरण र पारिवारिक जानकारीको सुरक्षाका लागि अटेन्टिकेसन, एसिस कन्ट्रोल तथा डाटा प्राइभेसीलाई प्राथमिकता दिइएको जनाइएको छ।
हाल मेरो पुस्ताको वेब तथा पीडब्ल्यूपी भर्जन प्रयोग गर्न सकिन्छ भने एन्ड्रोइड एप तयारीको क्रममा रहेको छ। प्लेटफर्ममा विश्वसनीय नेपाली सञ्चारमाध्यमका समाचारलाई स्रोत उल्लेख गरी प्रयोगकर्तासम्म पुर्याउने न्युज सेक्सनसमेत विकास गरिएको छ। सम्बन्धित सञ्चारमाध्यमको औपचारिक अनुमति प्राप्त भएपछि मात्र जभबमष्लिभ, छोटो समरी तथा मूल समाचारतर्फ जाने लिंकसहित समाचार स्रोत समावेश गर्ने नीति लिइएको मेरो पुस्ताले जनाएको छ।
मेरो पुस्ता प्रयोग गर्न meropusta.com मा जान सकिन्छ। यसको आधिकारिक फेसबुक र टिकटक अकाउन्टसमेत @meropusta नामबाट सञ्चालनमा छन्।












