काठमाडौं । नेपाल विकासोन्मुख देशहरुका बीमा तथा पुनर्बीमा कम्पनीहरुको संघ (एआईआरडीसी)को कार्यकारी सदस्यमा पुनः चयन भएको छ।
जिम्बावेको हरारेमा आयोजित २४ औँ एआईआरडीसी सम्मेलनमार्फत नेपाल कार्यकारी सदस्यमा पुनः चयन भएको हो। यो सम्मेलन सेप्टेम्बर २७–३० सम्म सञ्चालन हुँदैछ।
सम्मेलनमा नेपालसहित २८ सदस्य राष्ट्रका ५०० भन्दा बढी पेसेवर अतिथिका रुपमा सहभागी भएका छन्। सम्मेलनको नारा ‘भूराजनीतिक र प्राविधिक उथलपुथलका बीचमा विकासोन्मुख देशहरुका लागि बीमा क्षेत्रलाई सुदृढीकरण’ रहेको छ।
सम्मेलनमा नेपालका तर्फबाट सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सीईओ चंकी क्षत्री सहभागी छन्। उनी प्यानल स्पिकरका रुपमा सहभागी भएका हुन्।
सम्मेलनमा सीईओ क्षत्रीले ‘दि अल्मिटेड स्ट्रेस टेस्टः हाउ डेभलपिङ कन्ट्री इस्योरर्स सर्भाइभ इकोनोमी डिस्ट्रप्सन्स’ शीर्षकमा आफ्नो धारणा पनि प्रस्तुत गरेका छन्।












