IME Life New

वर्ल्ड इन्भेस्टर विक आयोजना गर्दै सेबोन, लक्षित समूह साधारण लगानीकर्ता र विद्यार्थी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वर्ल्ड इन्भेस्टर विक–२०२६ आयोजना गर्ने भएको छ।

सेबोनले यही असोज १९ गतेदेखि असोज २५ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागेको हो। यो कार्यक्रम देशव्यापी मनाउन लागिएको छ।

Esewa
Crest

विशेषगरी लगानीकर्ता प्रशिक्षण तथा सचेतना कार्यक्रमलाई सेबोनले जोड दिएको छ। ती कार्यक्रम विशेषगरी साधारण लगानीकर्ता र विद्यार्थीका लक्षित गरी आयोजना गर्न लागिएको हो।

सेबोनले बैंकका कर्मचारी, व्यवसाय र सञ्चारकर्मी लक्षित कार्यक्रम पनि आयोजना गर्नेछ। अन्तिम दिन अर्थात असोज २५ गते साधारण लगानीकर्ताका लागि लक्षित गरी सेबोनको लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस) वेबसाइट लन्च गर्ने प्रस्ताव पनि रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS