IME Life New

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालका लागि बजाजको दुईपाङ्ग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले चाडपर्वलाई लक्षित गर्दै ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ ।

दसैंदेखि छठसम्म लागू हुने यो सीमित अवधिको योजना ग्राहकहरूलाई स्वच्छ तथा प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा सहजै जोडिन प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको हो ।

Esewa
Crest

यस अभियानअन्तर्गत, बजाज चेतकका कुनै पनि मोडल खरिद गर्ने ग्राहकहरूले पाँचवटा विशेष सुविधा प्राप्त गर्नेछन् । जसमा ईएमआई फाइनान्सिङमा ० प्रतिशत ब्याज, रु.१,००,००० सम्मको क्यासब्याक, ५ वर्षको वारेन्टी, ५ वर्ष ईएमआई भुक्तानी सुविधा, र निःशुल्क प्रिमियम एसेसरिज सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

योजनाबारे बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले बजाजले चेतक फेस्टिभ फाइभमार्फत ग्राहकलार्य विभिन्न अफर र सुविधा दिएको बताए । उनले भने, ‘नेपालमा चाडपर्वहरू नयाँ सुरुवात र पारिवारिक खुसीका अवसर हुन् । ‘चेतक फेस्टिभ फाइभ’ मार्फत हामी ग्राहकहरूलाई आर्थिक रूपमा सहज र झन्झटरहित सुविधा दिन चाहन्छौं । शून्य प्रतिशत ब्याज, आकर्षक क्यासब्याक र ५ वर्षको वारेन्टीजस्ता सुविधाहरूले गर्दा चालकहरूले कुनै पनि दुविधाबिना ढुक्क भएर स्मार्ट तथा वातावरणमैत्री यात्रा रोज्न सक्नेछन् भन्ने हाम्रो विश्वास छ ।’

‘चेतक फेस्टिभ फाइभ’ अफर देशभरका सबै आधिकारिक बजाज तथा चेतक शोरुमहरूमा छठसम्म उपलब्ध रहनेछ । बजाज चेतक इलेक्ट्रिक दुईपाङ्ग्रे सेग्मेन्टको एक अग्रणी ब्राण्ड हो, जसले आफ्नो ऐतिहासिक विरासतलाई टिकाउपन, शैली र स्मार्ट कनेक्टिभिटीसँग संयोजन गरेको छ । क्लासिक डिजाइनलाई आधुनिक पर्फर्मेन्सको उत्कृष्ट सम्मिश्रण रहेको चेतक नेपाली बजारमा सर्वाधिक भरपर्दो इलेक्ट्रिक स्कुटरका रूपमा स्थापित छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS