काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउमा भारी गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ८०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला सुन २ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ।
हिजो पनि सुनको भाउ तोलामा ५ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला सुन २ लाख ९४ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ११५ रुपैयाँले घटेर ४ हजार ३९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो।












