काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज करिब १० लाख कित्ता शेयर थपिएको छ।
नेप्सेमा युनाइटेड अजोड इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो। यो कम्पनीको ९ लाख ९० हजार कित्ता शेयर सूचीकृत भएको छ।
कम्पनीले अघिल्लो आर्थिक वर्षमा आफ्ना शेयरधनीहरुलाई ४.२८५७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।












