काठमाडौं । आज नेप्से परिसूचक १६ दशमलव ४७ अंकले घटेर २,६१३ दशमलव ३३ को विन्दुमा कायम भएको छ । आज ५० कम्पनीको शेयर मूल्य बढेको छ भने २२३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै लक्ष्मी सनराइज डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले १५ प्रतिशतका दरले कमाएका हुन् । केबिएल डिबेञ्चरका इकाईधनीले १२ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । प्राइम बैंक डिबेञ्चरका इकाईधनीले ८ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् ।













