IME Life New

आजसम्म कायम शेयरधनीहरुले यी २ कम्पनीको लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभां सुरक्षित गर्ने आज असोज १२ गते अन्तिम दिन रहेको छ।

यी दुवै कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि असोज १३ गते बुक क्लोज गर्दैछन्। यसको अर्थ आज असोज १२ गतेसम्म कायम शेयरधनीहरुमात्रै यी दुवै कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

Esewa
Crest

सर्वोत्तम पेन्ट्सले आफ्नो पाँचौँ वार्षिक साधारणसभा यही असाज २५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा कैलालीको अत्तरियास्थित गोदाबरीको होटल जंगल स्पामा दिउँसो १ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०८२।८३ का लागि हाल कायम चुक्तापुँजी ३४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ३ करोड ४० लाख रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले बोनस शेयरका लागि कर प्रयोजनार्थ कम्पनीले छुट्याएको १७ लाख ८९ हजार ४७४ रुपैयाँ नगद लाभांश पनि अनुमोदन गर्नेछ।

यसैगरी अरुण भ्याली हाइड्रोपावरले यो लाभांश पारित गर्न यही असोज २७ गते २९ औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय पनि गरेको छ। सभाले गत आर्थिक वर्षको मुनाफा र सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब ४ करोड ४ लाख ३ हजार १५० रुपैयाँ कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS