IME Life New

लेखापरिक्षणमा ढिलासुस्ती र कमजोर सुशासनका कारण एएम वेष्टले खस्कायो हिमालयन रि को रेटिङ,

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी एएम वेष्टले हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको वित्तीय क्षमता र क्रेडिट रेटिङमा अवनति गरेको छ। एजेन्सीले हिमालयन रिको वित्तीय सबलता रेटिङलाई ‘बी प्लस (गुड)’ बाट घटाएर ‘बी (फेयर)’ मा झारेको छ।

त्यसैगरी, कम्पनीको दीर्घकालीन इस्युअर क्रेडिट रेटिङलाई पनि “त्रिपल बी माइनस” (गुड)  बाट घटाएर “डब्बल बी प्लस” (फेयर) मा ल्याइएको छ। रेटिङ घटाउनेसँगै एएम वेष्टले हिमालयन रिले प्राप्त गरेका यी रेटिङहरूलाई नकारात्मक प्रभावसहित पुनरावलोकन को सूचीमा राखेको छ। एएम वेष्टका अनुसार हिमालयन रिको वासलात अझै पनि अत्यन्त मजबुतु रहेको छ भने सञ्चालन प्रदर्शन पर्याप्त छ। तर कम्पनीको व्यापारिक प्रोफाइल सीमित र संस्थागत जोखिम व्यवस्थापन सीमान्त र कमजोर रहेको मूल्याङ्कन गरिएको छ।

Esewa
Crest

एएम वेष्टले रेटिङ घटाउनु र नकारात्मक निगरानीमा राख्नुका मुख्य २ वटा कारण स्पष्ट पारेको छ।

लेखापरीक्षण प्रतिवेदनमा ढिलाइः कम्पनीले समयमै आफ्नो लेखापरीक्षण गरिएको वित्तीय विवरण सार्वजनिक गर्न नसक्नु वा ढिलाइ हुनु।

संस्थागत सुशासन र जोखिम व्यवस्थापनमा कमजोरीः नियमनकारी निकायहरू र अनुसन्धान एजेन्सीहरूको छानबिनले कम्पनीभित्रको कर्पोरेट गभर्नेन्स र जोखिम व्यवस्थापन क्षमतामा गम्भीर कमजोरी रहेको उजागर गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, तथा नेपाल धितोपत्र बोर्ड लगायतका नियामक निकायहरूले हिमालयन रि र यसका प्रवर्द्धक र सञ्चालकहरूमाथि गरिरहेको छानबिनले नै रेटिङ घट्नमा सोझो भूमिका खेलेको छ।

प्रहरी तथा नियामक निकायको छानबिनअनुसार हिमालयन रिसहितका कम्पनीहरूबाट करिब ४ देखि ५ अर्ब रुपैयाँ बराबरको कोष दुरुपयोग गरी प्रवर्द्धकरसञ्चालकहरू जस्तै दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायतका व्यक्ति तथा सम्बद्ध समूहहरूले व्यक्तिगत वा गैरकानुनी रूपमा सेयर बजारमा लगानी गरेको र बजार म्यानुपुलेसन गरेको आरोपमा छानबिन चलिरहेको छ।

सार्वजनिक कम्पनीको रकम व्यक्तिगत वा अनधिकृत रूपमा परिचालन भएको निष्कर्षले अन्तर्राष्ट्रिय एजेन्सी एएम वेष्टको नजरमा हिमालयन रिको सञ्चालक समिति र व्यवस्थापनको विश्वसनीयता तथा सुशासन प्रणालीमा ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ।

नेपाल सरकारका अनुसन्धान निकायहरूको यही कारबाही र छानबिनलाई एएम वेष्टले मुख्य आधार बनाएर कम्पनीको संस्थागत जोखिमलाई कमजोर ठहर गर्दै रेटिङ घटुवा गरेको छ।

वित्तीय गडबडीका बावजुद वित्तीय परिसूचक र पुँजीगत हिसाबले कम्पनीको वासलात अझै पनि अत्यन्त बलियो रहेको एएम बेष्टको भनाइ छ। व्यवसाय सञ्चालन र दाबी भुक्तानीको स्थिति पर्याप्त मानिए तापनि गैरकानुनी कोष स्थानान्तरण र छानबिनका कारण वित्तीय पारदर्शिता गुम्दा यो बलियो वित्तीय अवस्थालाई पनि जोखिममा पारेको छ।

एएम वेष्टका अनुसार नेपालमा भइरहेको यो अनुसन्धान पूरा नभएसम्म र छानबिनको अन्तिम नतिजाले हिमालयन रिको वित्तीय धरातल तथा साखमा पार्ने असरको पूर्ण समीक्षा नगर्दासम्म यो रेटिङ नकारात्मक निगरानीमै रहनेछ। यदि अनुसन्धानका क्रममा कम्पनीलाई ठूलो वित्तीय वा कानुनी क्षति पुग्ने ठहर भयो भने एएम वेष्टले कम्पनीको रेटिङ अझै तल झार्न सक्ने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS