IME Life New

हिमालयन बैंक र स्मार्ट च्वाइसबीच स्मार्ट पे आइबीएफटीसम्बन्धी सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच स्मार्ट पे आइबीएफटी (इन्टर बैंक फन्ड ट्रान्सफर) अन्तरबैंक रकम स्थानान्तरण सेवा सञ्चालन तथा सहकार्यसम्बन्धी सम्झौता भएको छ।

सम्झौतासँगै हिमालयन बैंक एससीटीको स्मार्ट पे नेटवर्कमा आबद्ध भएको छ। अब बैंकका ग्राहकले स्मार्ट पे आइबीएफटीमार्फत विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताबीच सहज, सुरक्षित र प्रभावकारी रूपमा रकम स्थानान्तरण गर्न सक्नेछन्।

Esewa
Crest

एससीटीले विकास तथा सञ्चालन गर्दै आएको स्मार्ट पे आइबीएफटी बैंक तथा वित्तीय संस्था, वालेट र रेमिट्यान्स कम्पनीबीच डिजिटल माध्यमबाट रकम स्थानान्तरण गर्न सहजीकरण गर्ने सेवा हो। यस सेवाले विभिन्न वित्तीय संस्थाबीच अन्तरआबद्धता कायम गर्दै नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउन सहयोग गर्दै आएको एससीटीले जनाएको छ।

सम्झौतापछि हिमालयन बैंकका ग्राहकलाई अन्य बैंक तथा वित्तीय संस्थामा रकम पठाउन तथा प्राप्त गर्न थप सहज हुने अपेक्षा गरिएको छ। साथै, यस सेवाले डिजिटल माध्यमबाट हुने वित्तीय कारोबार विस्तार गर्न र वित्तीय पहुँच बढाउन सहयोग पुग्ने जनाइएको छ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त एससीटीले नेपालकै पहिलो स्वदेशी कार्ड एससीटी कार्डको सुरुवात गरेको जनाएको छ। कम्पनीले हाल विभिन्न बैंक तथा वित्तीय संस्था, वालेट कम्पनी, रेमिट्यान्स कम्पनी तथा सहकारी संस्थालाई समेटेर विभिन्न भुक्तानी सेवा सञ्चालन गर्दै आएको छ।

एससीटीले एससीटी युनियनपे, भिसा, मास्टरकार्ड, नेपालपे, डिस्कभर तथा रुपे कार्ड जारी तथा स्वीकार गर्ने सञ्जाल सञ्चालन गर्दै आएको छ। त्यस्तै, एटीएम, पोइन्ट अफ सेल (पीओएस), इन्टरनेट तथा मोबाइल बैंकिङ, स्मार्ट क्यूआर र रकम स्थानान्तरणलगायतका सेवा पनि कम्पनीले उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS