IME Life New

रु. १० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट इसेवाले जात्रा पर्वलाई सुरक्षित र उत्साहपूर्ण रूपमा मनाउन ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक गरेको छ। हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा ल्याइएको यो बीमा योजना मात्र १० रुपैयाँमा उपलब्ध हुनेछ।

असोज ७ गतेदेखि असोज १३ गतेसम्म ७ दिन लागू हुने यस योजनाले जात्रा मनाउने क्रममा हुन सक्ने आकस्मिक दुर्घटनाबाट उत्पन्न आर्थिक जोखिम न्यूनीकरण गर्न सहयोग गर्नेछ। बीमा योजनाअन्तर्गत कुल २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा प्रदान गरिनेछ, जसमा दुर्घटना बीमाअन्तर्गत २ लाख २० हजार रुपैयाँ र अस्पताल खर्च सहायताअन्तर्गत १० हजार रुपैयाँको सुविधा उपलब्ध हुनेछ।

Esewa
Crest

जात्रा पर्व उत्साह, उमंग र सांस्कृतिक परम्परासँग जोडिएको भए पनि भीडभाड तथा आवतजावतका क्रममा विभिन्न आकस्मिक दुर्घटनाको जोखिम रहन सक्छ। यस्ता जोखिमबाट हुन सक्ने आर्थिक भारलाई केही हदसम्म कम गर्न ‘जात्रा केयर’ बीमा योजना उपयोगी हुने इसेवाले जनाएको छ। यो बीमा योजना इसेवा एपमार्फत सहजै खरिद गर्न सकिनेछ।

इसेवाले जात्रा पर्वलाई सुरक्षित, मर्यादित र उल्लासमय रूपमा मनाउन सबैलाई सचेत रहन आग्रह गर्दै ‘जात्रा केयर’ बीमा योजनाको लाभ लिन अनुरोध गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS