IME Life New

भोटेकोशी बाढीः बीमा दाबीका लागि शिखर इन्स्योरेन्सले तोक्यो सम्पर्क व्यक्ति (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्सले भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीबाट भएको क्षतिमा बीमा दाबीका लागि सम्पर्क व्यक्ति तोकेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै कम्पनीमा दर्ता भएका वा दर्ता हुन बाँकी बीमा दाबीका लागि सम्पर्क व्यक्ति तोकिएको जानकारी गराएको हो। बीमा दाबीका सम्बन्धमा आवश्यक जानकारी, सहजीकरण तथा प्रभावकारी समन्वयका लागि सम्बन्धित बीमित र सरोकारवालाहरुले सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।

Esewa
Crest
  • सन्तोष पाण्डे (बागमती प्रदेश प्रमुख): ९८०११७४३४२
  • सीताराम अर्याल (बागमती प्रदेश उपप्रमुख): ९८०११८४८५३
  • सुरेन्द्र राई (नुवाकोट शाखा): ९८०१९१२४११
  • मधुसुदन घिमिरे (नुवाकोट शाखा): ९८०१९१२४१०
  • विवेक भण्डारी (नौबिसे शाखा): ९८०१९१२४०२
  • श्रीजन चापागाईं (केन्द्रीय दाबी विभाग): ९८०२३२०८२०
  • अमिर विष्ट (केन्द्रीय दाबी विभाग): ९८०२३३६४६५
  • निर्मल थापा (केन्द्रीय दाबी विभाग): ९८०१२३५१०३
  • निरज शाक्य (केन्द्रीय दाबी विभाग): ९८०१२३७७१७

यसैगरी भोटेकोशी बाढीबाहेकको अन्य बीमा दाबीको हकमा कम्पनीबाट बीमालेख खरिद गरी बीमालेखबमोजिम २०८३ जेठ १६ गतेदेखि साउन ३१ गतेसम्म परेका दाबी निवेदन तथा दाबीका सम्बन्धमा हालसम्म मूल्यांकनका लागि आवश्यक कागजात प्राप्त नभएका तथा बीमित तथा बीमितका प्रतिधिनिध सम्पर्कमा नआएकालाई २१ दिनभित्र आवश्यक कागजातसहित कम्पनीका केन्द्रीय दाबी विभाग, प्रादेशिक कार्यालय, शाखा तथा कम्पनीका सर्भेयरसँग सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।

सम्पर्कमा आएर आवश्यक कागजात बुझाई आफूले गरेको दाबी लिन आउने कम्पनीले सूचित गरेको छ। तोकिएको अवधिभित्र दाबी फर्छ्यौट गर्न नआएको खण्डमा दाबी फाइल बन्द गरिने कम्पनीले जनाएको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS