IME Life New

बैंकहरुले सूचीकृत शेयरमा ४५ दिन बढी अवधिका लागि मात्र लगानी गर्न पाउने, यस्ता छन् अन्य व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको कम्पनीको शेयरमा ४५ दिनभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै यो व्यवस्था थप गरेको हो। संशोधित निर्देशनमा अब बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणमा शेयर बिक्री गरी नेप्सेमा सूचीकृत भइसकेको संगठित संस्था (कम्पनी)को शेयर तथा डिबेन्चरमा ४५ दिनभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाउने व्यवस्था थप गरिएको छ। यसअघि यस्तो व्यवस्था ६ महिना भन्दा बढी अवधिका लागि थियो।

Esewa
Crest

यसैगरी बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयर तथा डिबेन्चरमा अल्पकालीन लगानी गर्न नपाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।

बैंक तथा वित्तीय संस्था सरकारी सुरक्षणपत्र, नेपाल राष्ट्र बैंक ऋणपत्र तथा संगठित संस्थाहरुको शेयर तथा डिबेञ्चरलगायतका उपकरणमा गरिने लगानीसम्बन्धी नीति तथा कार्यविधिमा स्पेकुलेटिभ रिस्क न्यूनीकरण हुने गरी कम्तीमा देहायका विषय समावेश गरी आफ्नो सञ्चालक समितिबाट स्वीकृत गराएर मात्र लागू गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

नीतिगत व्यवस्थासम्बन्धी विषय

  • लगानीको उद्देश्य तथा रणनीति,
  • लगानी गर्न सकिने शेयर, डिबेन्चरलगायतका उपकरण,
  • लगानी उपकरणलाई बैंकिङ बुक र ट्रेडिङ बुकमा वर्गीकरण,
  • एक्सेप्टेबल एनड अएक्सेप्टेबल इन्भेस्टमेन्ट,
  • इलिजिबल काउन्टपार्टी,
  • लगानीको उपकरणअनुसारको न्यूनतम र अपेक्षित होल्डिङ अवधि,
  • सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेन्चरमा ४५ दिनभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाइने व्यवस्था । यसबाहेक कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा अल्पकालीन लगानी गर्न नपाउने व्यवस्था,
  • लगानीसम्बन्धी निर्णय तथा कारोबारमा आफ्नो स्वामित्वमा रहेका सहायक कम्पनी, उल्लेख्य स्वामित्व रहेका शेयरधनी र रिस्क टेकरसँग स्वार्थको द्वन्द्व नहुने व्यवस्था गरी सोको पहिचान, अनुगमन, नियन्त्रण र रिपोर्टिङ गर्ने सम्बन्धमा अबलम्बन गर्ने विधि र प्रक्रिया,
  •  लगानी स्वीकृत गर्ने स्पष्ट प्रक्रिया तथा अख्तियारीसम्बन्धी व्यवस्था र लगानी कारोबार गर्न तोकिएको अधिकारीले लगानी गर्न सक्ने सीमासम्बन्धी व्यवस्था,
  • लगानी गर्न अख्तियारी प्राप्त अधिकारीको क्षमता अभिवृद्धि गर्ने सम्बन्धमा स्पष्ट व्यवस्था,

जोखिम व्यवस्थापनसम्बन्धी विषय

  • लगानीमा संलग्न एएलसीओलगायतका विभिन्न समिति तथा इकाइहरुको स्पष्ट कार्य विभाजन र जिम्मेवारी,
  • ट्रेडिङ स्ट्राटेजी, रिस्क एपिटाइट एन्ड लिमिट्स तथा प्रोफिट एन्ड स्टप लस ट्रिगर्स एन्ड लिमिट
  • इन्भेस्टमेन्ट एक्सपोजर तथा कन्सन्ट्रेसन लिमिट,
  • डेली मार्क टु मार्केट (ट्रेडिङ बुक),
  • दबाब परीक्षणलगायतका अन्य बजार जोखिम मापन गरी व्यवस्थापन गर्ने विधि, प्रक्रिया र मोडलहरु,
  • लगानीबाट उत्पन्न हुन सक्ने बजार जोखिम, तरलता जोखिम तथा अन्य जोखिमको पहिचान, मापन, अनुगमन, व्यवस्थापन, नियन्त्रण र रिपोर्टिङको सम्बन्धमा अबलम्बन गर्ने विधि र प्रक्रिया,
  • वित्तीय उपकरणको इस्युअरको नियमित रुपमा इन्टरनल रिस्क रेटिङ गर्ने व्यवस्था,

रिपोर्टिङसम्बन्धी विषय

  • म्यानेजमेन्ट रिपोर्ट, ब्रिच रिपोर्टलगायतका रिपोर्ट
  • अडिट ट्रायल, लग तथा रेकर्डका साथै यसरी तयार गरिएको नीति तथा कार्यविधि यस बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा तोकिएबमोजिम पेस गर्नुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS