IME Life New

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ५ अर्ब ४४ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ११ दशमलव ७७ अंकले बढेर २,६२९ को विन्दुमा कायम भएको छ । आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५६ कम्पनीको १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा मिडिल तमोरको २४ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै नेपाल ल्युब आयलका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १२ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् । सोनापुर मिनरल्सका लगानीकर्ताले ७ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् । कुमारी सबल योजनाका इकाईधनीले ७ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ११ दशमलव ५८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS