काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १२ लाख बढी कित्ता शेयर थपिएको छ।
नेप्सेमा सिनर्जी पावर डेभलपमेन्टको बोनस शेयर सूचीकृत भएको हो। यो कम्पनीको १२ लाख ९ हजार ८६२.५० कित्ता शेयर सूचीकृत भएको छ।
अघिल्लो आर्थिक वर्षमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो।












