IME Life New

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको शेयरमूल्य समायोजन भएको हो। यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंकको ४ प्रतिशत र स्नो रिभर्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात सांग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्य ४११ रुपैयाँ ५४ पैसा कायम भएको छ भने स्नो रिभर्सको ८५९ रुपैयाँ ९ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य सांग्रिला डेभलपमेन्ट बैंकको शेयर प्रतिकित्ता ४२८ रुपैयाँमा र स्नो रिभर्सको ९४५ रुपैयाँका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो।

Esewa
Crest

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS