IME Life New

नाडा र भन्सार विभागबीच हालैको बाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याबारे छलफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज असोज ७ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक यमलाल भूषालसंग भेटगरी हालै रसुवामा गएको भिषण बाढीबाट अटोमोवाइल क्षेत्रमा भएको क्षतिका सम्बन्धमा विस्तृत छलफल गरेको छ।

उक्त छलफलमा नाडाका अध्यक्ष उप्रेतीले यही २०८३ भाद्र १० गते रसुवा र टिमुरे लगायतका विभिन्न क्षेत्रमा गएको भिषण बाढीका कारण दशैको सीजनलाई ध्यानमा राखि सयौको सख्यामा चीनबाट आयातित सवारी साधनहरु मध्ये धेरै सख्यामा रसुवा नाकाबाट बाढीले बगाएको सन्दर्भमा जानकारी दिँदै पीडित पैठारीकर्ताहरुले सरकारकातर्फबाट पाउनु पर्ने राहतका विषयमा छिटो भन्दा छिटो कार्यान्वयनका लागि समेत आग्रह गरे ।

Esewa
Crest

यसै छलफलको सिलसिलामा नाडाका महासचिव मिलनबाबु मल्लले चाइना सीमा भन्सार नखुलेका कारण चाइना सीमा क्षेत्रमा पाँचसय भन्दा बढी सवारी साधनहरु रोकिएको भन्दै त्यसको सहजीकरणका लागि अनुरोध गरे । त्यसैगरी उहाँले अहिलेसम्म ११ सिटे विद्युतिय माइक्रोवसहरु नछुटेको जानकारी दिदै यसका लागि समेत पहल गरि दिन अनुरोध गरे ।

सो छलफलको अन्त्यमा महानिर्देशक भुषालले यस सन्दर्भमा सरकारले पीडित व्यवसायीहरुका लागि के कस्ता सुविधा र सहुलियतहरु के कसरी दिने हो त्यसको मोडालिटिका सम्बन्धमा अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र गृह मन्त्रालयविच गृहकार्य भईरहेको जानकारी दिए । उक्त भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्षद्धय अभिक ज्योति र विक्रम सिंघानिया, सचिव मेघराज पौडेल समेतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS