IME Life New

नेप्सेमा ३६ अंकको गिरावट, कारोबार रकम ६ अर्ब ३५ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३६ दशमलव २५ अंकले घटेर २,६१८ को विन्दुमा कायम भएको छ । आज २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २५३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५२ कम्पनीको २ करोड १६ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पिनिङ मिल्सको २१ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २० करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । सीवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ५ दशमलव ४४ प्रतिशतका दरले कमाएका छन् । निफ्रा ग्रिन इनर्जीका इकाईधनीले ५ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका हुन् । आज यस संस्थाका लगानीकर्ताले ८ दशमलव ५४ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS