IME Life New

सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको लाभांश सुरक्षित गर्ने आज असोज ७ गते अन्तिम दिन रहेको छ।

यी दुवै कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आजसम्म कायम शेयरधनीहरुमात्रै यी दुवै कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

Esewa
Crest

सांग्रिला डेभलपमेन्ट बैंकले २२ औँ वार्षिक साधारणसभा यही असोज २२ गते आयोजना गर्नेछ। सभा काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५.५३ रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४ प्रतिशत बोनस शेयर र ६.५२६३ प्रतिशत नगद लाभांश (करसहित) छन्।

यसैगरी स्नो रिभर्सले पाँचौँ वार्षिक साधारणसभा असोज २१ गर्दैछ। सभा काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सन्समा बिहान साढे ८ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८२।८३ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS