काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ७ दशमलव ०६ अंकले बढेर २,६५४ को विन्दुमा कायम भएको छ । आज १३७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३५६ कम्पनीको २ करोड १५ लाख ८९ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबेभन्दा धेरै हाथवे इन्भेष्टमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४४ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४० करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको २२ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ७ दशमलव ७५ प्रतिशतका दरले कमाएका छन् । मैलुङखोला जलविद्युतका लगानीकर्ताले ५ दशमलव ६३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै स्नो रिभर्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव २३ प्रतिशतका दरले गुमाएका हुन् ।












