IME Life New

सुनचाँदी रत्न तथा आभूषण महासंघद्वारा दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत भदौ १० गते बिहान आएको बाढी, पहिरो तथा प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ गहिरो दुःख व्यक्त गरेको छ । यस विषम परिस्थितिमा प्रभावित तथा पीडित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका कार्यका लागि सहयोग गरेको छ ।

यसै सन्दर्भमा महासंघका सम्पूर्ण केन्द्रीय पदाधिकारी तथा कार्यसमिति सदस्यहरू, सातै प्रदेश महासंघका अध्यक्षहरू तथा महासंघमा आबद्ध सदस्य संघका अध्यक्षहरूको सक्रिय सहभागितामा भदौ १५ गते बसेको आकस्मिक अनलाइन बैठकले विपद् प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने सम्बन्धमा सहयोगको घोषणा गरेको थियो ।

Esewa
Crest

उक्त निर्णयअनुसार महासंघको आह्वानमा सुनचाँदी, रत्न तथा आभूषण व्यवसायमा आबद्ध व्यवसायी महानुभावहरूबाट स्वेच्छिक रूपमा आर्थिक सहयोग संकलन गरी एकद्वार प्रणालीमार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

यस क्रममा व्यवसायी महानुभावहरूबाट संकलित रकममध्ये चालिस लाख पाँच हजार पाँच सय पचपन्न रुपैयाँ महासंघको तर्फबाट सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड मार्फत महासंघद्वारा गठित संघ, प्रदेश समन्वय तथा राहत संकलन समितिका संयोजक एवं महासचिव निर बहादुर विश्वकर्माको नेतृत्वमा गएको टोलीले माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष हस्तान्तरण गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा महासंघका प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्मा, सचिव केशर बहादुर विश्वकर्मा, कोषाध्यक्ष गणेश प्रसाद विश्वकर्मा, कार्यसमिति सदस्य त्रिलोचन विश्वकर्मा तथा कार्यालय प्रमुख राम महर्जनका साथै महासंघमा आबद्ध सदस्य संस्था रत्न व्यवसायी संघ नेपालका अध्यक्ष कृष्ण हमाल र नेपाल सुनचाँदी राष्ट्रिय व्यवसायी मञ्चका अध्यक्ष खेम तिरुवाको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS