IME Life New

‘९० प्रतिशत जोखिममा नेपालका लघु उद्यम, तर बीमा पहुँच १० प्रतिशतमा मात्र सीमित’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  नेपालका करिब ९० प्रतिशत साना तथा मझौला उद्यमहरू जलवायु तथा व्यवसायीक जोखिमको उच्च चपेटामा रहे पनि १० प्रतिशत उद्यममा मात्रै बीमाको पहुँच पुग्न सकेको एक अध्ययनले देखाएको छ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र नेपाल बीमा प्राधिकरणको संयुक्त अध्ययन प्रतिवेदन अनुसार साना व्यवसायीहरूका लागि विद्यमान बीमा प्रणाली अपर्याप्त र पहुँच बाहिर छ।  नेपालमा कुल गैरकृषि रोजगारीको ८४ प्रतिशत हिस्सा थाम्ने र कुल गार्हस्थ उत्पादनमा २२ देखि २७ प्रतिशतसम्म योगदान दिने साना उद्यमहरू बीमा सुरक्षाको ठूलो खाडल मा जिउन बाध्य छन्।

Esewa
Crest

प्रतिवेदनले सातै प्रदेशका १३४ भन्दा बढी लघु उद्यमी तथा व्यवसायीहरूसँग गरिएको सर्वेक्षणका आधारमा बीमा क्षेत्रले साना उद्यमीका वास्तविक जोखिम सम्बोधन गर्न नसकेको निष्कर्ष निकालेको छ। लघु उद्यमीहरू प्राकृतिक विपत्ति, बाढी, पहिरो र आर्थिक मन्दीजस्ता धक्का आउँदा आफ्नो सीमित बचत र उच्च ब्याजको ऋणमा निर्भर हुनुपरेको छ, प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS