IME Life New

आधिकारिक रुपमा घट्यो शेयर कारोबारमा पुँजीगत लाभकर, नेपाल राजपत्रमा प्रकाशित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले घटाएको शेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर आधिकारिक रुपमा कार्यान्वयनमा आएको छ।

नेपाल राजपत्रमा प्रकाशित गरेर सरकारले पुँजीगत लाभकर घटाउने निर्णय कार्यान्वयनमा ल्याएको हो। योसँगै अब नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका नियको हितको निःसर्गबाट प्राप्त लाभको हकमा धितोपत्र विनियम बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्व रहेको हितको लाभ रकमको ३.५ प्रतिशत र ३६५ दिनभन्दा कम अवधि स्वामित्वमा रहेको हितमा लाभ रकमको ५ प्रतिशत कायम भएको छ। यसको अर्थ शेयरबाट भएको नाफाको अब दीर्घकालीन लगानीकर्ताले ३ प्रतिशत र अल्पकालीन लगानीकर्ताले ५ प्रतिशत पुँजीगत लाभकर तिरे पुग्छ।

Esewa
Crest

यसअघि चालु आर्थिक वर्षको बजेटमार्फत शेयर कारोबारको पुँजीगत लाभकर बढाएर दीर्घकालीन लगानीकर्ताले ७.५ प्रतिशत र अल्पकालीन लगानीकर्ताले १० प्रतिशत तिर्नुपर्ने व्यवस्था गरिएको थियो। त्यसअघि पुँजीगत लाभकर क्रमशः ५ प्रतिशत र ७.५ प्रतिशत थियो।

बजेटबाट पुँजीगत लाभकर बढाएपछि शेयर लगानीकर्ताले सरकारको चर्को आलोचना गरेका थिए। सोही आलोचनापछि अर्थ मन्त्रालयले पुनर्विचार गरी पुँजीगत लाभकर घटाएर दीर्घकालीन लगानीकर्ताका लागि ३.५ प्रतिशत र अल्पकालीन लगानीकर्ताका लागि ५ प्रतिशत कायम गर्ने निर्णय गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS