IME Life New

शेयर कारोबार स्थगनः नेप्सेलाई ७ दिनभित्र सुधारसहितको प्रतिवेदन पेस गर्न सेबोनको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राविधिक समस्या भन्दै आजको शेयर कारोबार रोकिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले असोज ४ गते बिहानदेखि ७२ वटा स्टक ब्रोकरको सर्भर राखिएको डाटा सेन्टमा प्राविधिक समस्या आएको भन्दै आज असोज ५ गतेको कारोबार स्थगन गरेको थियो। सोही विषयलाई लिएर धितोपत्र बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

Esewa
Crest

यस विषयमा धितोपत्र बोर्डले शेयर कारोबार रोक्नुपर्ने गरी उत्पन्न विषय परिस्थितिका सम्बन्धमा आवश्यक अध्ययन तथा जाँचबुझ गरी त्यस्ता घटना पुनः दोहोरिन नदिन गर्नुपर्ने सुधारसहितको प्रतिवेदन असोज १२ गते अर्थात ७ दिनभित्र पेस गर्न निर्देशन पनि दिएको छ।

यसैगरी कारोबार स्थगनका विषयमा नेप्सेबाट जानकारी प्राप्त हुनासाथ तत्काल प्रविधिक समस्या पहिल्याउनका लागि धितोपत्र बोर्डका उपकार्यकारी निर्देशकको नेतृत्वमा ५ सदस्यीय निरीक्षण टोली खटाइएको धितोपत्र बोर्डले जारी गरेको परिपत्रमा उल्लेख छ। खटिएको टोलीबाट पेस हुने सुझावका आधारमा आगामी दिनमा शेयर बजारलाई स्वस्थ, सुरक्षित एवं पारदर्शी बनाउन थप कार्यहरु अगाडि बढाइने प्रतिबद्धता पनि धितोपत्र बोर्डले गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS