IME Life New

विश्वव्यापी चिकित्सा कार्यबलमा ठूलो अभाव हुने जोखिमः डब्ल्यूएचओ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सन् २०३० को दशकमा विश्वव्यापी चिकित्सा कार्यबलमा ठूलो अभाव हुने जोखिमका बारेमा चेतावनी दिएको छ। अर्को दशकमा एक चौथाइ डाक्टर अवकाश लिने अनुमन डब्ल्यूएचओको छ।

यो अनुमान १२२ देशको पछिल्लो तथ्यांकमा आधारित छ। उच्च आय भएका देशमा यो संख्या बढेर लगभग तीन डाक्टरमध्ये एक पुग्छ। सन् २०३० सम्ममा ६७ देशमा आफ्नो जनसंख्याको स्वास्थ्य आवश्यकता पूरा गर्न पर्याप्त स्वास्थ्यकर्मी हुने छैनन्।

Esewa
Crest

डब्ल्यूएचओले ‘राष्ट्रिय स्वास्थ्य कार्यबल खाताः स्वास्थ्य कार्यबल स्तर र प्रवृत्ति २०२६’को ७२ पृष्ठको पहिलो संस्करण पनि जारी गरेको छ। यसले देखाउँछ कि विगत दुई दशकमा विश्वव्यापी स्वास्थ्य कार्यबलको घनत्व (चिकित्सा डाक्टर, नर्सिङ र मिडवाइफरी कर्मचारी, दन्त चिकित्सक र औषधि विशेषज्ञ) ५२ प्रतिशतले बढेको छ। सन् २००६ मा प्रति १० हजार जनसंख्यामा ४४.८ बाट सन् २०२५ मा ६७.९ पुगेको छ। अहिले विश्वभर ७ करोडभन्दा बढी स्वास्थ्य र हेरचाहकर्मी छन्।

यी वार्षिक प्रतिवेदनले स्वास्थ्य कार्यबलको स्तर र प्रवृत्तिका बारेमा जानकारी प्रदान गर्नुका साथै एक विशेष विषयमा पनि केन्द्रित हुनेछन्। पहिलो प्रतिवेदनले भविष्यको कार्यबलको आवश्यकतामा जनसंख्या र स्वास्थ्यकर्मी दुवैको वृद्धावस्थाको प्रभावको जाँच गर्दछ। केही देशमा बढ्दो स्वास्थ्यकर्मीको उमेरले स्वास्थ्य कार्यबलको अभावलाई बढाइरहेको अनुमान गरिएको छ। सन् २०३० सम्ममा १ करोड ११ लाख स्वास्थ्यकर्मीको विश्वव्यापी अभाव हुनेछ। जब कि जनसंख्याको वृद्धावस्थाले सेवाहरुको माग बढाइरहेको छ।

नयाँ प्रतिवेदनले देश र क्षेत्रहरुबीच गहिरो असमानता कायम रहेको पनि खुलासा गरेको छ। उदाहरणका लागि डब्ल्यूएचओ युरोपेली क्षेत्रमा डब्ल्यूएचओ अफ्रिकी क्षेत्रको तुलनामा १३ गुणा बढी मेडिकल डाक्टरको घनत्व र नर्स तथा मिडवाइफरी कर्मचारीको घनत्व ६ गुणा बढी छ। प्रतिवेदनले कार्यबलको अभाव र असमान वितरणले धेरैका लागि आवश्यक स्वास्थ्य सेवामा पहुँच सीमित गरिरहेको कुरा प्रकाश पारेको छ।

‘कार्यबल उत्पादन र डाटा रिपोर्टिङमा सुधार भए पनि स्वास्थ्य र हेरचाहकर्मीको असमान र गम्भीर अभाव रहेको छ र स्वास्थ्यकर्मीको घनत्व राष्ट्रिय आयसँग दृढ रुपमा सम्बन्धित छ’, डब्ल्यूएचओ एकेडेमीमा स्वास्थ्य कार्यबल नीति र डाटाका कार्यवाहक इकाइ प्रमुख डा खासौम डायलोले भने, ‘वृद्ध स्वास्थ्य कार्यबल एक लुकेको संकट हो। जसलाई तत्काल ध्यान दिन आवश्यक छ। यसले विशेषगरी उच्च आय भएका देशहरुका स्वास्थ्य प्रणालीहरुमा दोहोरो दबाब दिइरहेको छ। हामीलाई थाहा छ कि राम्रो डाटाले राम्रो नीतिहरु निम्त्याउँछ र यी नतिजाले स्वास्थ्य कार्यबल योजना, शिक्षा, रोजगारी र अवधारणलाई बलियो बनाउन अग्रगामी उपायहरुको महत्वलाई सुदृढ पार्छ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS