IME Life New

बीमकले पर्याप्त पूर्वाधारको व्यवस्था नगर्दा अनाहकमा कारबाही भोग्न बाध्य आकांक्षी अभिकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अभिकर्ता पेसालाई व्यावसायीक र मर्यादित बनाउन नेपाल बीमा प्राधिकरणले अनलाइन परीक्षा प्रणालीमार्फत अभिकर्ता इजाजतपत्रको परीक्षा सञ्चालन गरिरहेको छ। यस्तो परीक्षाका लागि प्राधिकरणले निश्चित मापदण्ड तोकेको छ। मापदण्डअनुसारको पर्याप्त प्राविधिक पूर्वाधार उपलब्ध नहुँदा परीक्षार्थीहरु अनाहकमा बीमा प्राधिकरणको कारबाही व्यहोर्न बाध्य छन्।

प्राधिकरणका अनुसार बीमकको कार्यालयबाट परीक्षार्थीलाई परीक्षामा सहभागी गराउँदा छुट्टै कोठाको व्यवस्था नभएको, ल्यापटप, डेस्कटप र वेबक्यामेराको उचित व्यवस्थापन नभएको समस्या अधिकांश बीमकको कार्यालयहरुमा देखिन गरेको छ। यसबाहेक एउटै कार्यालयबाट एकभन्दा बढी परीक्षार्थीलाई एउटै उपकरण (ल्यापटप वा डेस्कटप) बाट परीक्षामा सहभागी गराउँदा परीक्षार्थीको पहिचानमा समस्या देखिँदा परीक्षा नै रद्द हुने गरेको छ।

Esewa
Crest

प्राधिकरणले एकजना परीक्षार्थीको परीक्षा सकिएपछि उपकरणलाई एकपटकमा पूर्ण रुपमा बन्द गरेर पुनः खोलेपछि मात्र अर्को परीक्षार्थीलाई परीक्षामा सहभागी गराउन जानकारी गराए पनि बीमकको कर्मचारीले बेवास्ता गर्दा परीक्षार्थीले दुःख पाइरहेका छन्।

‘परीक्षाका लागि नभई नहुने ल्यापटप, भरपर्दो इन्टरनेट र पावर ब्याकअपको व्यवस्था गरिदिन उच्च व्यवस्थापनसमक्ष पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ हुँदैन’, एक जीवन बीमकको कोशी प्रदेश प्रमुखले इन्स्योरेन्स खबरको जिज्ञासामा गुनासो गर्दै भने, ‘उसै त चर्को शुल्कले परीक्षार्थी पाउनै गाह्रो छ।’

‘अभिकर्ता उत्पादन नहुँदासम्म व्यवसाय बढ्दैन’, अर्का एक जीवन बीमकको शाखा प्रबन्धकले आफूले प्रधान कार्यालयमा पठाएको पुराना ई–मेलहरु देखाउँदै भने, ‘एकथान ल्यापटप पठाइदिन अनुरोध गरेको पनि ठ्याक्कै दुई वर्ष भइसक्यो।’ प्रधान कार्यालयको बेवास्ताका कारण आजित उनले रुष्ट हुँदै भने, ‘ल्यापटप मेरो व्यक्तिगत प्रयोजनका लागि चाहिएको हो र ?’

अभिकर्ता इजाजतपत्रसम्बन्धी तालिमका क्रममा अनलाइन परीक्षामा सहभागितासम्बन्धी प्राविधिक पक्षहरुबारे पनि परीक्षार्थीलाई पर्याप्त जानकारी गराउनुपर्ने भएपनि यसबारे पर्याप्त जानकारी नपाएको गुनासो परीक्षार्थीहरुले गर्दै आएका छन् । साथै, अभ्यास परीक्षामा सहभागी गराएर अनलाइन परीक्षाका लागि प्राविधिक तयारी तथा समय व्यवस्थापनबारे अभ्यस्त बनाउने पक्षमा पनि बीमकले ध्यान दिनुपर्छ । तर, स–साना विषयमा समेत असावधानीका कारण प्राविधिक गडबडी वा परीक्षार्थीका तर्फबाट हुने सामान्य त्रुटिले नै परीक्षार्थीहरुको परीक्षा रद्द हुने अवस्थाको सिर्जना हुन्छ।

अभिकर्ताले परीक्षार्थीलाई प्राधिकरणले सञ्चालन गर्ने अनलाइन परीक्षाभन्दा अघि नै बीमकले उस्तै किसिमको अनलाइन अभ्यास परीक्षामा सहभागी गराएर परीक्षार्थीलाई अनलाइन परीक्षाका लागि प्राविधिक तयारी तथा समय व्यवस्थापनबारे अभ्यस्त बनाउन सकेका छैनन्।

परीक्षा सञ्चालन गर्दा शान्त र कोलाहाल नभएको तथा परीक्षार्थीसँगै अन्य व्यक्तिको उपस्थिति नभएको अवस्था सुनिश्चित गर्नुपर्छ। तर, बीमकको एक कोठे, दुई कोठे शाखा तथा उपशाखा कार्यालयहरुमा उपस्थित भएर परीक्षा दिँदा अन्य व्यक्तिको उपस्थिति देखेर बीमा प्राधिकरणले परीक्षाको मर्यादाविपरीत कार्य गरेको निष्कर्षसहित परीक्षा नै रद्द गरिदिन्छ।

बीमा अभिकर्ताको परीक्षासम्बन्धी निर्देशिका २०७९ मा उच्च गतिको इन्टरनेट, निरन्तर विद्युत आपूर्तिको सुनिश्चितता लगायतका मापदण्ड तोकिए पनि परीक्षार्थी स्वयंले यी सबैको व्यवस्थापन गर्न सम्भव नभएको अभिकर्ता नेताहरूको प्रतिकृया छ। लगानी गर्नुपरेकै कारण पाँच अर्बभन्दा बढीको चुक्ता पूँजी भएका बीमकले समेत व्यवस्थापन गर्न आलटाल गर्दै आएको पूर्वाधार व्यक्तिगत हैसियतमा जुटाउन अव्यवहारिक भएको उनीहरूको भनाइ छ। गाउँघरका सर्वसाधारणका लागि व्यक्तिगत ल्यापटप वा डेस्कटप कम्प्युटर र उच्च गतिको इन्टरनेट, वैकल्पिक विद्युत आपूर्तीको व्यवस्था गर्नु आर्थिक हैसियतभन्दा बाहिरको विषय हुन सक्छ।

पेसागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर केसीले अभिकर्ता अनलाइन परीक्षाका लागि बीमकको कार्यालयहरूमा पर्याप्त पूर्वाधार नभएको स्वीकार गरे। ‘सबै ठाउँमा इन्टरनेटको पहुँच हुँदैन र थुप्रै अभिकर्तासँग आफ्नै ल्यापटप हुँदैन’, उनले भने, ‘इन्टरनेटको पहुँच भएका ठाउँमा सुस्त हुँदा परीक्षा नै बिग्रिन्छ। यसले गर्दा अभिकर्ता पेसामा आउन चाहिने थुप्रै समस्या भोग्दै आएका छन्।’

काठमाडौं उपत्यका बाहिरका जिल्लामा जीवन बीमकका सीमित कार्यालयमा मात्र परिक्षाकै लागि भनेर ल्यापटपको व्यवस्था गरिएको छ । उनले भने, ‘अभिकर्ता परीक्षालाई व्यवस्थित गर्न बीमकले पनि पूर्वाधार विकासतर्फ ध्यान दिन जरुरी छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS