काठमाडौं । पर्यटकलाइ घुमाउँदै बसमै पार्टीको मनाेरंजन दिने लक्षसहित ‘पार्टी बस नेपाल’ पुनः सञ्चालन (रिलन्च) मा आएको छ । ‘रेस नेपाल प्रालि’ द्वारा सञ्चालित यस पार्टी बसको एक विशेष समारोहबीच औपचारिक पुन सुरूआत गरिएको हो । पार्टी बस नेपालमा बसमा चढेर घुम्दै, खानपिन, नाचगान गर्दै मनाेरंजन लिन सकिन्छ ।
यस आधुनिक बसमा ३० जनाले पार्टी गर्न सकिने क्षमता छ । बसमा प्रवेश गर्दा कुनै सुविधासम्पन्न लाउन्ज वा क्लबमा प्रवेश गरेको झल्को आउँछ। आकर्षक नियोन लाइट, आरामदायी लक्जरी सोफा, खानपिनका लागि सुसज्जित बार र बीच भागमा डान्स पोलको समेत व्यवस्था गरिएको छ। रिलन्च कार्यक्रमका सहभागीहरू शक्तिशाली म्युजिक सिस्टममा गुञ्जिएका गीतको तालमा बसभित्रै नाचगान गर्दै र सिटमा झुम्दै यात्राको आनन्द लिइरहेका देखिन्थे। बाहिरबाट आकर्षक बैजनी र कालो रंगको ‘नाइट लाइफ’ थिम दिइएको यो बस गुडिरहँदा सडकमा समेत विशेष आकर्षणको केन्द्र बनेको थियो। बसले पार्टीमा सहभागीहरूलाइ दरबारमार्गबाट चक्रपथ परिक्रमा गराएको थियो ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीर श्रेष्ठले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी पहिलोपटक मोबाइल मनोरञ्जनको नयाँ अवधारणासहित यसको सुरुआत गरिएको स्मरण गरे । उनले भने, “कोभिड महामारीका कारण व्यवसाय रोक्नुपर्ने अवस्था आएपछि हामीले यसलाई बन्द नगरी भारतमा पुर्याएर निरन्तरता दिएका थियौँ । तर यसको वास्तविक पहिचान र आवश्यकता नेपालमै भएकाले स्वदेशी पर्यटन उद्योगलाई सघाउन हामी फेरि यसलाई आफ्नै घर फर्काएर ल्याएका छौँ ।”
सीईओ श्रेष्ठका अनुसार कम्पनीले अब सेवा विस्तारको नयाँ योजना अघि सारेको छ । निकट भविष्यमै नेपालका प्रमुख सहरहरूमा सेवा विस्तार गर्दै कारभान र क्याम्पर भ्यानहरूसमेत सञ्चालनमा ल्याइने उनले बताए ।
चलिरहेको बसभित्रै उत्कृष्ट संगीत, बार सुविधा र नाचगानको अनौठो संगम प्रदान गर्ने ‘पार्टी बस’ नेपाली पर्यटन बजारमा युवापुस्ता तथा पर्यटकहरूका लागि पुनः एक नयाँ र आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ।
बसमा पार्टी गर्न चाहनेले कम्पनीकाे वेवसाइट https://partybusnepal.












