काठमाडौं । प्रोपर्टी बिजार्ड (स्टक ब्रोकर ६७)ले आर्थिक वर्ष २०८२।८३ का लागि आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर पारित गरेको छ।
कम्पनीको शनिबार सम्पन्न चौथो वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षका लागि लाभांश पारित गरेको हो। सभाले वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गरेको छ।
सभाले आफ्ना ग्राहकहरुलाई मार्जिन कारोबार सुविधा प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको छ। यसका साथै हाल कायम चुक्तापुँजी २० करोड रुपैयाँभन्दा बढीको कर्जा लिने प्रस्ताव पनि सभाले पारित गरेको छ।
सभाले स्वतन्त्र सञ्चालकको नियुक्तिलगायत अन्य प्रस्ताव पनि पारित गरेको छ। सभा कम्पनीका अध्यक्ष उद्धव शिवाकोटीको अध्यक्षतामा भएको थियो।












