IME Life New

बाढी पीडितहरुका लागि नाडाले वितरण गर्यो राहत सामग्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत १० गते नुवाकोट, टिमुरे र रसुवामा गएको भिषण वाढीबाट पीडित नागरिकहरुका लागि नाडाले राहक सामग्री प्रदान गरेको छ । उक्त राहत सामग्रीहरु अशोज ३ गते, नाडाका कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष निलमणी पाठकको नेतृत्वमा गएको नाडा प्रतिनिधिहरुले जिल्ला प्रशाशन कार्यालय नुवाकोटसंगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय, नुवाकोटलाई औपचारिक रुपमा हस्तान्तर गरेको हो ।

यसै सन्दर्भमा भदौ १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले माननीय अर्थ मन्त्री स्वर्णिम वाग्लेसंग भेटी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु. १० लाख रुपैया नगद सहयोग समेत उपलब्ध गराई सकेकोे छ। नाडाले विगतका समय देखि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका विपत्तिहरुमा सक्दो आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS