काठमाडौं । सरकारले १३ वटा देशमा राजदूत नियुक्ति गर्नका लागि सिफारिस गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ती देशमा राजदूत नियुक्ति गर्नका लागि सिफारिस गरेको हो। विभिन्न क्षेत्रमा नेतृत्व गरेका, विज्ञता हासिल गरेका तथा अध्ययन र अनुसन्धान गरेका व्यक्तिलाई सरकारले राजदूतमा नियुक्ति गर्न सिफारिस गरेको छ।
प्रस्तावित राजदूतमा भारतका लागि डा निश्चलनाथ पाण्डे, चीनका लागि डा कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, संयुक्त अधिराज्य (यूके)का लागि पूर्वप्रधानसेनापति गौरव शमशेर जंगबहादुर राणा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलकाका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शारु जोशी, ओमानक लागि डा पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्राडा संगम श्रेष्ठ, श्रीलंकाका लागि डा मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार छन्।
अब सरकारले प्रस्तावित राजदूतहरुलाई संसदीय सुनुवाइका लागि पठाउनेछ। संसदीय सुनुवाइ सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउनेछ। अग्रिमो आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकका लागि राजदूतमा नियुक्त गर्नेछन्।












