IME Life New

नेप्सेमा २२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २२ दशमलव ८५ अंकले बढेर २,६४७ को विन्दुमा कायम भएको छ । आज १९६ कम्पनीको मूल्य बढेको छ भने ७४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा २ करोड १२ लाख ७२ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७४ करोड माथिको शेयर कारोबार भएको छ । आज हिजोको तुलनामा कारोबार रकम बढेको हो । आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको ३२ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंकको २७ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको २३ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै स्नो रिभर्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १३ दशमलव ६६ प्रतिशतका दरले कमाएका हुन् । इन्फिनिटी लघुवित्तका लगानीकर्ताले ९ दशमलव ८१ प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोलाका लगानकिर्ताले ८ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS