काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले साधारणसभा आउँदो असाज २५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा कैलालीको अत्तरियास्थित गोदाबरीको होटल जंगल स्पामा दिउँसो १ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८२।८३ का लागि हाल कायम चुक्तापुँजी ३४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ३ करोड ४० लाख रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले बोनस शेयरका लागि कर प्रयोजनार्थ कम्पनीले छुट्याएको १७ लाख ८९ हजार ४७४ रुपैयाँ नगद लाभांश पनि अनुमोदन गर्नेछ।
सभा प्रयोजनका लागि कम्पनीले असोज १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १२ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।












