काठमाडौं । आज नेप्से परिसूचक ११ दशमलव ९३ अंकले बढेर २,६२४ को विन्दुमा कायम भएको छ । आज १७७ कम्पनीको शेयर मूल्य बढेको छ भने ८५ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस लघुवित्तका लगानकिर्ताले १२ दशमलव ४३ प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ दशमलव ४४ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन हाइड्रोका लगानकिर्ताले ५ दशमलव ५१ प्रतिशतका दरले कमाएका छन् ।













