काठमाडौं । सरकारले शेयर बजारमा पुँजीगत लाभकर घटाउने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषदको बैठकले प्राकृतिक व्यक्तिको हकमा शेयर कारोबारमा पुँजीगत लाभकर घटाउने निर्णय गरेको हो।
मन्त्रिपरिषदरले शेयर खरिद गरेको मितिले ३६५ दिनपछि शेयर बेच्ने दीर्घकालीन लगानीकर्ताले मुनाफा रकमको ३.५ प्रतिशत र ३६५ दिनअगावै बेच्ने शेयर अल्पकालीन लगानीकर्ताले ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने निर्णय गरेको छ।
यसअघि ३६५ दिनपछि बेचिने शेयरको लगानीकर्ताले ७.५ प्रतिशत र ३६५ दिनअघि बेचिने शेयरको १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था रहेको थियो।












