काठमाडौं । ओप्पोले नेपालमा आफ्नो नयाँ रेनो १६ सिरिज औपचारिक रूपमा सार्वजनिक गरेको छ । सिरिज अन्तर्गत ओप्पो रेनो १६ र रेनो १६ एफ रहेका छन ्। प्रविधि, फेसन र आधुनिक जीवनशैलीलाई एकै ठाउँमा प्रस्तुत गर्दै आयोजित भव्य फेसन शोमार्फत यी स्मार्टफोन सार्वजनिक गरिएको हो ।
सार्वजनिक कार्यक्रममा मिस नेपाल वल्र्ड २०२२ तथा पूर्व ब्यूटी विथ अ पर्पस विजेता (एसिया तथा ओसियानिया) प्रियंका रानी जोशी, ग्याजेटबाइट नेपालकी प्रमुख कार्यकारी अधिकृत तथा नेपालको नम्बर १ टेक च्यानलकी प्रमुख प्रतिमा अधिकारी र नेपालकी पहिलो तथा नम्बर १ महिला मोटो भ्लगर सुरक्षा केसीले रेनो १६ सिरिजका विभिन्न विशेषता र प्रयोगका अनुभव प्रस्तुत गरेका थिए । उनीहरूले वास्तविक जीवनका प्रयोग तथा सक्रिय जीवनशैलीका दृष्टिकोणबाट रेनो १६ सिरिज प्रदर्शन गरेका थिए ।
रेनो १६ सिरिजसँगै ओप्पोले ओप्पो बबल पनि सार्वजनिक गरेको छ । यो चुम्बकीय सहायक उपकरण हो, जसले पछाडिको क्यामेराको पूर्वावलोकन स्क्रिन तथा रिमोट शटरका रूपमा काम गर्नुका साथै यसको डिस्प्लेमा व्यक्तिगत सामग्री समेत राख्न सकिने सुविधा प्रदान गर्छ । १५ हजार ९ सय ९९ रुपैयाँ को अधिकतम खुद्रा मूल्य रहेको ओप्पो बबललाई प्रवद्र्धन अवधिभर विशेष मूल्य ९ हजार ९ सय ९९ रुपैयाँ मा उपलब्ध गराइने कम्पनीले जनाएको छ । यो अफरमा तोकिएका नियम तथा सर्तहरू उपलब्ध हुनेछ ।
रेनो १६ सिरिजमा ओप्पोको थ्रीडी पप प्लानेट डिजाइन प्रयोग गरिएको छ । यसको पप ह्वाइट भेरियन्टमा उद्योगकै पहिलो होलोभर्स थ्रीडी प्रविधि समावेश गरिएको कम्पनीको दाबी छ, जसले फोनमा आकर्षक तैरिरहेको दृश्य प्रभाव प्रदान गर्छ । रेनो १६ मा ६.३२ इन्चको कम्प्याक्ट डिस्प्ले रहेको छ भने रेनो १६ एफ मा ६.५७ इन्चको ठूलो डिस्प्ले समावेश छ ।
फोटोग्राफीका लागि दुवै मोडलमा १०० डिग्रीको वाइड एंगल सहितको ५० मेगापिक्सेल अल्ट्रा वाइड सेल्फी क्यामेरा उपलब्ध छ । साथै, अप्टिकल इमेज स्टेबलाइजेसन सहितको ट्रिपल रियर क्यामेरा सेटअप, करिब ३.५ गुणा अप्टिकल जुम क्षमता सहितको टेलिफोटो पोट्र्रेट क्यामेरा र अल्ट्रा वाइड क्यामेरा समावेश गरिएको छ ।
फोटोग्राफी तथा भिडियो अनुभवलाई थप सिर्जनात्मक बनाउन पप क्याम, एआई रिमिक्स कोलाज, पपआउट कोलाज २.०, ४के अटो स्ट्रेटन भिडियो र डुअल भ्यु भिडियो २.० लगायतका सुविधा पनि उपलब्ध छन् ।
कलरओएस १६ मा सञ्चालन हुने रेनो १६ सिरिजमा एआई स्न्याप की, एआई माइन्ड स्पेस, एआई माइन्ड पाइलट र एआई मेनु ट्रान्सलेसन लगायतका कृत्रिम बौद्धिकता आधारित सुविधा समावेश छन् । रेनो १६ मा ६ हजार ७ सय एमएएच् र रेनो १६ एफ मा ७ हजार एमएएच् क्षमताको ब्याट्री रहेको छ । दुवै मोडलले ८० वाट सुपरभोक फास्ट चार्जिङ सपोर्ट गर्छन् । रेनो १६ मा स्न्यापड्रागन ७ जेन ४ मोबाइल प्लेटफर्म प्रयोग गरिएको छ ।
सिरिजमा एआई लिंकबुस्ट ४.० का साथै पानी तथा धुलोबाट सुरक्षाका लागि आईपी६८, आईपी६९ र आईपी६९के रेटिङ दिइएको छ । विभिन्न परिस्थितिमा सहज प्रयोगका लागि स्प्लास टच र ग्लोभ टच सुविधा पनि उपलब्ध छन् ।
नेपालमा रेनो १६ ५जीको मूल्य रु. १,०९,९९९ र रेनो १६ एफ ५जीको मूल्य रु. ८९,९९९ तोकिएको छ । दुवै फोन पप ह्वाइट र ट्वाइलाइट भायोलेट रंगमा ओप्पोका आधिकारिक रिटेल च्यानलमार्फत उपलब्ध हुनेछन् । कम्पनीले ग्राहकका लागि विभिन्न अफर पनि सार्वजनिक गरेको छ । पहिलो ५०० जना ग्राहकले रेनो १६ एफ वा रेनो १६ खरिद गर्दा ओप्पो एयरबड्स ए३ प्रो निःशुल्क प्राप्त गर्नेछन् ।
साथै, ग्राहकका लागि कम्प्लिट फोन रिप्लेसमेन्ट सुविधा र फोन मर्मत गर्न नसकिने अवस्थामा दुई महिनाको अतिरिक्त बिक्रीपछिको सेवा वारेन्टी उपलब्ध हुने साथमा रु. १५,९९९ मूल्यको ओप्पो बबल रु. ९,९९९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी अफरहरू लागू हुने नियम तथा सर्तहरू र उपलब्धताका आधारमा प्रदान गरिनेछन् ।
स्टाइलिस डिजाइन, उन्नत क्यामेरा, एआई फिचर र लामो समय टिक्ने ब्याट्रीसहित रेनो १६ सिरिजलाई आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर तयार गरिएको कम्पनीले जनाएको छ।












