IME Life New

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता भोलिबाट खुल्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता भोलि असोज १ गतेबाट खुला गरिने भएको छ।

यातायात व्यवस्था विभागले ४ महिनापछि सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला गर्न लागेको हो। हाललाई काठमाडौं उपत्यकाबाहिर मात्र विद्युतीय सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई प्रोत्साहन गरी सवारीको दर्ता खुला गर्न लागिएको विभागले जनाएको छ।

Esewa
Crest

विभागका अनुसार काठमाडौं उपत्यकाभित्र भने स्कुलबस एवं सट्टाभर्नाको हकमा मात्र सार्वजनिक सवारीसाधनको दर्ता खुला हुनेछ।

गत जेठ ७ गते विभागले एक सूचना जारी गरी नेपालमा पैठारी हुने सार्वजनिक सवारीसाधनको दर्ता अर्को सूचना जारी नहुन्जेलसम्मका लागि रोक्का गरिएको छ। त्यसपछि साउन १८ गते सूचना जारी गरी विभागले सार्वजनिक मालवाहक सवारीसाधनको दर्ता खुला गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS