IME Life New

विनाशकारी बाढीले कृषि तथा पशुपन्छी पालन क्षेत्रमा रु. २.११ अर्बको क्षति पुगेको अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बढीबाट कृषि तथा पशुपन्छी पालन क्षेत्रमा २ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा हालै सार्वजनिक गरिएको ‘तीव्र क्षति र आवश्यकता मूल्यांकन’ प्रतिवेदनमा यस्तो अनुमान गरिएको हो। प्रतिवेदनमा धानबाली, तरकारी खेती र पशुधन, विशेषगरी दुग्धजन्य गाईवस्तुमा उल्लेखनीय क्षति पुर्याएको उल्लेख छ।

Esewa
Crest

प्रतिवेदनअनुसार बाढीले १ हजार ६६९ हेक्टरमा रहेको धानबालीलाई क्षति पुर्याएको छ। जसको परिणामस्वरुप ५ हजार ८४३ टन धान उत्पादनमा क्षति पुगेको छ। कृषि बालीको कुल क्षति १ अर्ब ९ करोड रुपैयाँभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ।

एसिया इन्स्योरेन्स रिभ्युमा प्रकाशित खबरअनुसार खाद्य तथा कृषि संगठन (एफएओ) का उपमहानिर्देशक बेथ बेचडोलले एउटा मिडिया अन्तर्वार्तामा नेपालको विनाशकारी बाढीका कारण सयौँले ज्यान गुमाउनुका साथै धेरै परिवारले आफ्नो जीविकोपार्जन गर्ने माध्यम गुमाएको बताएकी छन्। ‘बालीहरु हिलो र माटोले पुरिएका छन्। माछा पोखरीहरु बगेका छन् र सडक, पुल र बजारहरु क्षतिग्रस्त भएका छन्’, उनले भनिन्, ‘यसले गर्दा खाना, पशु आहार, दूध र अन्य कृषि आपूर्तिहरुको आवागमनमा बाधा पुगेको छ।’

एफएओको प्रारम्भिक मूल्यांकनले देखाउँछ कि लगभग १ हजार ८०० हेक्टर बाली (जसमा प्रायः धानखेत छन्) क्षतिग्रस्त भएका छन् र ७ हजार ७०० टन उत्पादित बाली क्षति भएको छ। ‘किसान परिवारका लागि यो क्षति हालको बालीभन्दा बाहिर जान्छ। बाली गुमाउनुको अर्थ अर्को सिजनको उत्पादन र अर्को महिनाको आम्दानी गुमाउनु हुन सक्छ’, बेचडोलले भनिन्, ‘प्रभावित क्षेत्र पशुपालनका लागि पनि महत्वपूर्ण स्थान हो। प्रभावित ११ पालिकामा ३ लाख ५० हजारभन्दा बढी गाईवस्तु (गाई, भैंसी, भेडा र बाख्रा) र १६ लाख कुखुरा थिए। हजारौं जनावर हराएको खबर गरिएको छ।

ती समुदायमा ५ प्रतिशतदेखि १० प्रतिशत पशुधन र कुखुरा पूर्ण रुपमा नष्ट भएको हुन सक्ने एफएओको अनुमान छ। ‘कृषक परिवारका लागि, पशुधन गुमाउनुको अर्थ आजको खाना गुमाउनु मात्र होइन। यसको अर्थ आय र भविष्यको उत्पादनको महत्वपूर्ण स्रोत गुमाउनु पनि हुन सक्छ’, बेकडोलले भनिन्, ‘त्यसैले कृषि क्षेत्रलाई पुनस्र्थापित गर्ने कामलाई राहत प्रयासको हिस्सा मान्नुपर्छ र चाँडै सुरु गर्नुपर्छ।’

एफएओका अनुसार नेपालले जनवरी २०१३ मा बाली र पशुधन बीमा सुरु गरेको थियो। नेपालका बीमा कम्पनीहरुले कृषि बीमाअन्तर्गत बाली, तरकारी, अन्न, फलफूल, कुखुरा, माछा, गाईवस्तु र अन्य कृषि जनावरको विस्तृत दायराको बीमा गर्छन्। नेपालमा कृषि बीमा निश्चित रुपमा लोकप्रिय भएको छ। यद्यपि, हालका वर्षहरुमा पशुधन र कुखुरा बीमा सबैभन्दा सफल भएको छ।

सरकारी तथ्यांकलाई उद्धृत गर्दै एफउओले आर्थिक वर्ष २०२१–२२ र २०२५–२६ बीच नेपालका बीमा कम्पनीहरुले ७ लाख ४ हजार ८६४ कृषि बीमालेख जारी गरेको उल्लेख गरेको छ। जसमा पशुधन र मत्स्यपालन बीमालेखहरु बाली बीमालेखहरुभन्दा लगभग २३ प्रतिशतले बढी छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS